नियम ७२
ज्येष्ठताको मूल्याङ्कन
कर्मचारीलाई ज्येष्ठता बापतको अङ्क प्रदान गर्दा हाल बहाल
रहेको तहमा काम गरेको प्रत्येक वर्षको लागि दुईका दरले सोह्र अङ्क सम्म र १ तह
मुनिको पदमा आधा अङ्कका दरले चारअङ्कसम्म प्रदान गरी बढीमा जम्मा बीस अङ्क दिइने
छ ।
तर,
(१) ज्येष्ठता बापत अङ्क गणना गर्दा एक वर्षभन्दा बढी चानचुन महिना वा
दिनको लागि दामासाहीको हिसाबले अङ्क दिइनेछ ।
(२) यस खण्डको प्रयोजनको लागि गयल भएको वा असाधारण बिदामा
बसेको अवधिको अङ्क दिइने छैन ।